७० बर्षिया डिल मायाको पीडा : न ओत लाग्ने छाना, न पेटभर खाना
७० बर्षिया डिल मायाको पीडा : न ओत लाग्ने छाना, न पेटभर खाना
असार ८, गोरखा । तीन बर्ष अघि उनका श्रीमान्ले सधाका लागी यस संसारलाई छाडेर गए । ४० बर्षिया छोरी र दुइ नातिकी पालनपोषणको जिम्मा उनको काधमा आइलाग्यो । आम्दानीको श्रोत नभएपछि परिवार पाल्न ज्याला मजदुरी गर्नुको बिकल्प गोरखा नगरपालिका–१० छेवेटारकी डिल माया कुमालसँग रहेन ।
७० बर्ष पार गरिसकिन् उनले । बुढेसकालको यो उमेरमा पनि मजदुरी नगरी उनको घरको चुल्हो बल्दैन । शारिरिक रुपमा अशक्त उनकी छोरी र नातिनीहरु उनीमै आश्रित छन् । उनीहरुकै पालनपोषणका लागी पनि कुमाललाई मजदुरी गर्नुपर्ने बाध्यता छ तर सधैजसो काम पाउन भने समस्या रहेको उनी बताउछिन् । ‘सिजनको समयमा त काम पाइन्छ तर बेसिजनमा काम पाउन समस्या हुन्छ,’ उनी भन्छिन्, ‘एक दिन काम गरेन भने त्यो दिन पेट भरिदैन ।’

गासको मात्र होइन उनलाइ वासको पनि समस्या छ । उनीसँग ओत लाग्ने आफ्नो कटेरो छैन । मिलन टोल बिकास संस्थाको पुरानो भवन घामपानी ओत्ने उनीहरुको एउटै मात्र सहारा हो । त्यही भवनमा उनको चार परिवार बस्छन् । तर बर्षाको पानीलाई भवनको ती पुराना जस्ताहरुले थेक्न नसक्ने भइसके । कोठा भित्रै पानी चुहिन्छ । ‘राती पानी प¥यो भने सबै भित्रै चुहिन्छ, सुत्नु भन्दा पनि भाडा लिएर छानाबाट चुहिने पानी थाप्दै बस्नुपर्छ,’ उनले भनिन् । केही समय अघि रेडक्रसले दिएको त्रिपाल हालेपछि पानी चुहिन केही कम भएको उनी बताउछिन् ।
लामो समय भारतमा बसेर उनी आफ्ना श्रीमान बिर बहादुर कुमाल सहित नेपाल फर्किएकी हुन् । नेपाल आएको एक महिनामा उनले श्रीमान गुमाइन् । ‘तीन बर्ष अघि यहा आयौ तर आएको एक महिनामा श्रीमान बिरामी परेर बित्नुभयो,’ उनले भनिन् । विवाह गरेर गएकी छोरीलाई ज्वाइले वेवास्ता गरेपछि छोरी सहित दुई नातिनीलाई उनी आफैले पाल्दै आएकी छिन् । नतिनीहरु ११ र ९ बर्षका छन् ।
सम्पतिको नाममा उनीसँग दुइ आना दुई पैसा जग्गा छ । आफ्नै एउटा ओत लाग्ने कटेरो बनाउन पाए भन्ने उनको ठुलो सपना छ । तर आर्थिक अवस्था बाधक बनिदिएको छ । बिहान वेलुकी छाक टार्न धौ धौ अवस्था रहेको उनले त्यो आँट गर्न पनि सक्दिनन् । घामपानी ओत्ने घर भए ठुलो राहत मिल्ने उनी बताउछिन् ।
अधिक र अधिक मानिसहरू आफ्नो जीवनको गुणस्तर सुधार गर्न थप आय खोजिरहेका छन्। स्लोटोगेट प्लेटफर्मले अनलाइन क्यासिनोहरूको विशाल दायरा प्रदान गर्दछ जहाँ सबैले आफ्नो हात प्रयोग गर्न सक्छन् best paypal casino
कुमालको घर बनाउने अभियानमा जुटे युवाहरु
कुमालको नाजुक अवस्था देखेपछि गोरखा नगरपालिकाका दुई युवाहरुले उनको घर बनाउन अभियान शुरु गरेका छन् । स्थानीय मनिष पन्त र बिजय श्रेष्ठले अभियान थालेका हुन् । देश बिदेशमा रहेका गोर्खाली, संघसंस्था तथा समाजसेवीहरुलाई सहयोगका लागी अपिल गरिएको अभियान संचालक मध्येका एक पन्त बताउछन् ।
उनी भन्छन्, ‘उहाको नाजुक अवस्था देखेपछि एउटा घर बनाइदिन पाए भन्ने मनमा आयो, अनि अभियान थालेका हौ ।’ केही दिन अघि मात्र अभियान थालिएको र हालसम्म करिव ४० हजार रकम संकलन भइसकेको उनले जानकारी दिए । केही समय रकम संकलन अभियानमा लाग्ने र घर निर्माण कार्य शुरु गर्ने उनले बताए । सहयोग गरिदिन उनले सबैलाइ आग्रह समेत गरेका छन् ।