के हो डेल्टा प्लस भेरियन्ट ?

के हो डेल्टा प्लस भेरियन्ट ?


शुक्रबार, असार ११, २०७८


के हो डेल्टा प्लस भेरियन्ट ?

असार ११ गोरखा । भारतले बुधबार मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को ४० संक्रमितमा डेल्टा भेरियन्टको नयाँ म्युटेसन देखिएको बताएको छ । यससँगै सरकारले राज्यहरुलाई परीक्षण बढाउन निर्देशन पनि दिएको छ । यसलाई डेल्टा प्लस नाम दिइएको छ । यसले विस्तारै घट्दै गएको कोरोनाको संक्रमण पुनः बढ्नसक्ने आशंका गरेको छ । कोरोनाविरुद्ध अहिले मानिसलाई दिइएको खोपलाई पनि छल्दै यो भेरियन्टले संक्रमित बनाउन सक्ने आशंकाको कारण डेल्टा प्लसको संक्रमणप्रति चासो बढेको छ ।
के हो डेल्टा प्लस भेरियन्ट ?
डेल्टा प्लस भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टबाटै म्युटेट भएको भेरियन्ट हो । यसलाई एवाई १ नामले पनि चिनिन्छ । पहिलोपटक गत अप्रिल ११ मा यो भेरियन्ट भारतमा देखिएको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यो भेरियन्टमा दक्षिण अफ्रिकामा भेटिएको बिटा भेरियन्ट पनि देखिएको छ । जसको कारण वैज्ञानिकहरुले डेल्टा प्लस भेरियन्ट अझै संक्रामक हुन सक्ने आशंका व्यक्त गरेका छन् । भारतको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिटा भेरियन्टले मानिसको प्रतिरोधी क्षमताबाट बचेर मानिसलाई संक्रमित बनाउन सक्ने भन्दै यो चासोको विषय रहेको बताएको छ । बिटा भेरियन्ट मानिसको प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्ने भेरियन्टको रुपमा चिनिएको भारतका वरिष्ठ संक्रामक रोग विशेषज्ञ शाहिद जमील बताउँछन् ।
अहिलेसम्म कहाँ–कहाँ देखियो डेल्टा प्लस ?



जुन १६ सम्मको तथ्यांक हेर्ने हो भने कम्तीमा दुई सय संक्रमितमा डेल्टा प्लस भेरियन्ट देखिएको छ । जसमध्ये बेलायतमा ३६, क्यानडामा १, जापानमा १५, पोल्याण्डमा ९, पोर्चुगलमा २२ , रुसमा १, स्विट्जरल्याण्डमा १८, टर्कीमा १ र अमेरिकामा ८३ संक्रमितमा यो भेरियन्ट देखिएको छ । नेपालमा ९ जनामा यो भेरियन्ट देखिएको पुष्टि भइसकेको छ । भारतको स्वास्थ्य मन्त्रालयले बुधबार थप ४० जनामा यो भेरियन्टको संक्रमण देखिएको बताएको छ । भारतको महाराष्ट्र, केरला र मध्यप्रदेशमा यो भेरियन्टको संक्रमण देखिएको हो । यद्यपि स्वास्थ्य मन्त्रालयले भने यो भेरियन्टको संक्रमण त्यति ठूलो मात्रामा नफैलिएको पाइएको बताएको छ । अहिलेसम्म यो भेरियन्ट विश्वका ८० मुलुकभन्दा धेरैमा फैलिएको बीबीसीले उल्लेख गरेको छ ।
जोखिम कस्तो छ ?
अहिले डेल्टा प्लस भेरियन्टविरुद्ध कोरोना खोपले कत्तिको काम गर्छ भन्ने विषयमा भारत र विश्वभर अध्ययन भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसलाई पनि डेल्टा भेरियन्टकै एक भागको रुपमा लिइएको बताएको छ । अहिलेको अवस्थामा यो भेरियन्ट सामान्य नदेखिएको डब्ल्यूएचओको भनाइ छ । डेल्टाको कारण संक्रमण फैलिने दर धेरै हुँदा यसबाट हुने सार्वजनिक स्वास्थ्यको जोखिम पनि बढी रहेको डब्ल्यूएचओको भनाइ छ ।

भारतको स्वास्थ्य मन्त्रालयले भने यो भेरियन्टको संक्रमण देखिएको स्थानमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु जरुरी रहेको बताएको छ । यद्यपि जानकारहरु यससको संक्रमणबारे जानकारीका लागि पर्याप्त तथ्यांक नभएको बताउँछन् । सामान्यतया भाइरसले आफ्नो रुप परिवर्तन गर्नु सामान्य रहेकाले यो भेरियन्ट धेरै वा कम संक्रामक छ भनेर भन्न नसकिने भारतीय संक्रामक रोग विशेषज्ञ डा. गगनदीप काङ बताउँछिन् ।

उनका अनुसार परीक्षण गरेर बिरामी पत्ता लगाउनु मात्र नभई डेल्टा प्लस भेरियन्टबाट संक्रमित भएका मानिसको बारेमा अध्ययन गर्नु जरुरी हुन्छ । यसबाट यो भेरियन्टबारे अझै धेरै कुरा थाहा पाउन सकिने उनको भनाइ छ । अन्य जानकारहरु पनि अहिले नै यो भेरियन्ट धेरै संक्रामक र घातक छ भनेर भन्नु हतार हुने बताउँछन् । त्यसका लागि थप जानकारीहरु थाहा पाउने र यस बारे सतर्क रहनुपर्ने भनाइ छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda