आरुघाट र चुमनुव्री बाहेक अन्य स्थानीय तहले ल्याए बजेट
आरुघाट र चुमनुव्री बाहेक अन्य स्थानीय तहले ल्याए बजेट
असार ११, गोरखा । गोरखा(जिल्लाका स्थानीय तहले निति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेका छन् । आरुघाट र चुमनुव्री गाउपालिका वाहेक अन्य सवै स्थानीय तहले निति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेका हुन् ।
चुमनुव्री गाउँपालिकाले प्रकोपको कारण देखाउदै विहीवार बजेट प्रस्तुत गर्न सकेन । आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाललाई कोरोना संक्रमण भएपछि बजेट तथा निति कार्यक्रम सार्वजनिक गर्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए । बजेट तयारी अवस्थामा रहेको र छिट्टै सार्वजनिक गर्ने दुवै पालिकाले जनाएका छन् ।
गोरखा नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ का लागि १ अर्ब ५ करोड १ लाख २२ हजार बजेट नगरसभामा प्रस्तुत गरेको छ । गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठले उक्त वजेट प्रस्तुत गरेकी हुन् । नगरसभामा नेपाल सरकारको वित्तिय समानिकरण अनुदानवाट २३ करोड ४९ लाख, सर्शत अनुदानवाट ३३ करोड ४६ लाख, राजश्व बाडफाडबाट १० करोड २१ लाख ६४ हजार, विद्युत रोयल्टीबाट १ करोड ५७ लाख ६० हजार ९सय ३५ रुपैया श्रोत अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारवाट वित्तिय समानिकरण अनुदान १ करोड ३० लाख ४ हजार, राजश्व बाडफाडवाट १ करोड ३० लाख ४ हजार, समपुरक अनुदान र सर्शत अनुदानवाट १ करोड, नगरपालिकाको आन्तरिक स्रोतवाट ८ करोड, सडक बोर्ड नेपालबाट ६५ लाख स्रोत अनुमान गरिएको उनले वताइन् । बहुक्षेत्रिय पोषण कार्यक्रम, घरजग्गा रजिष्टूेशन, सामाजिक सुरक्षा, नगद मौज्दात र नगद लागत सहभागितावाट गरी २२ करोड ८ लाख रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।
बजेटमा कोरोना उपचार नियन्त्रण र रोकथाम, स्वास्थ्य क्षेत्रको सुदृढिकरण, खाद्य सुरक्षाको प्रत्याभुति, भौतिक पुर्वाधार, कृषि, पर्यटन, शिक्षा, खानेपानी तथा सरसफाई क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ । नगरपालिकाका १४ वटै वडाहरुको न्यायोचित तथा समानुपातिक विकासका लागि प्रति वडा न्युनतम ९० लाख हुने गरी वडागत योजनालाई उच्च प्राथमिकता दिइएको श्रेष्ठले वताइन् ।
विहिबार भएको नगरसभामा नगर प्रमुख राजन राज पन्तले निति तथा कार्यक्रम पेश गरेका थिए । पालुङटार नगरपालिकाले ८४ करोड ५१ लाख बजेट ल्याएको छ । शहिद लखन गाउँपालिकाले ६१ करोड ५९ लाख, भीमसेन थापा गाउँपालिकाले ६२ करोड ५२ लाख, अजिरकोटले ४८ करोड २३ लाख, बारपाक सुलिकोटले ५२ करोड ७३ लाखको बजेट प्रस्तुत गरेका छन् । सिरानचोक गाउँपालिकाले ५६ करोड ९७ लाख, गण्डकी गाउँपालिकाले करिव ६० करोड र धार्चे गाउँपालिकाले करिव ३८ लाखको बजेट ल्याएको बताइएको छ ।