मान्वुका सुत्केरी र गर्भवति महिलालाइ पौष्टिक आहार वितरण
मान्वुका सुत्केरी र गर्भवति महिलालाइ पौष्टिक आहार वितरण
असार १५ गोरखा । आरुघाट गाँउपालिका–२ स्थित मान्वुका सुत्केरी तथा गर्भवति महिलाहरुलाइ पौष्टिक आहार तिवरण गरिएको छ ।
सुनौला हजार दिनका आमाहरुलाइ लक्षित गरी वडा कार्यालयबाट विनियोजित रकमले पौष्टिक आहार वितरण गरिएको मान्वु स्वास्थ्य चौकीका हेल्थ असिस्टेष्ट प्रविन थापाले बताए । आइतवार एक कार्यक्रमका बिच कुल ८७ जनालाई अण्डा, गेडागुडी लगायतका पौष्टिक आहार वितरण गरिएको उनले जानकारी दिए ।
त्यस्तै अति विपन्न गर्भवति तथा सुत्केरीहरुको पोषण स्थिती सुधार गर्न बहुक्षेत्रिय पोषण कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम पनि संचालन गरिएको छ । स्थानीय तहसँगको सहकार्यक्रमा स्वास्थ्य चौकीद्धारा संचालित उक्त कार्यक्रममा हेल्थ असिस्टेन्ट थापाले सहजिकरण गरेका थिए । वडाध्यक्ष सोम प्रसाद घलेको अतिथ्यतामा कार्यक्रम भएको हो ।