धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट संचालन

धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट संचालन


बुधबार, असार १६, २०७८


धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट संचालन

असार १६,गोरखा । गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङको आरुघाटबाट संचालन गरिएको छ ।

गाउँपालिकाको कार्यालय रहेको माछाखोलामा बिद्युत र इन्टरनेट सेवा अवरुद्ध भएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका(२ आरुघाटमा अस्थायी कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिएको गाउँपालिकाकी उपप्रमुख फुलमाया गुरुङले बताइन् । ‘हाम्रो गाउँपालिकाको कार्यालयमा जेठ महिनाबाटै बिद्युत र इन्टरनेट सेवा राम्रोसँग चलेको थिएन, झन् असार लागेपछि त चल्नै छाड्यो,’ उनले भनिन्, ‘क्लोजिङको समयमा सेवा नै प्रभावित भएपछि सोमवारबाट धादिङको आरुघाटमा कार्यालय सारेर सेवा दिएका हौ ।’ हाललाइ आरुघाटमा रहेको वेम्वो कटेजको चार वटा कोठा भाडामा लिएर सेवा संचालन गरिएको उनले बताइन् ।



उक्त कोठामा योजना, लेखा र प्राविधिक शाखा सारिएको छ । ‘कार्यायलको सेवा संचालनका लागी गोरखा तर्फकै होटलहरु भाडामा मागेका थियौ तर, दिएनन् । त्यसैले धादिङमा राखेका हौ,’ उनले भनिन् । अहिले योजना फछ्र्यौट र रकम भुक्तानीको काम धमाधम भइरहेको उनले बताइन् । ‘रकम भुक्तानीको सबै कारोबार अनलाइनबाटै हुने हो, बिद्युत र इन्टरनेट नभएपछि काम भएन, त्यसैले गाउँपालिकाको तीन वटा शाखा अन्यत्र सारेर भएपनि सेवा दिएका हौ,’ उनले भनिन् ।

कार्यालयको अन्य सेवा भने माछाखोलाबाटै संचालन भएको जानकारी गराउदै उनले थपिन्, ‘लापु भिरमा गएको पहिरोका कारण बाटो अवरुद्ध छ, माछाखोला आउजाउ गर्न पनि सहज छैन ।’ आरुघाटबाट माछाखोलासम्म केन्द्रिय प्रशारणको लाइन विस्तारका लागी प्रयोग भएका पोलहरु ढलेपछि सेवा अवरुद्ध बनेको छ । बिद्युत र इन्टरनेट सेवा सहज भएपछि पुनः माछाखोलाबाटै सेवा प्रवाह गर्ने गाउँपालिकाले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda