रोटरी क्लबमा नयाँ कार्यसमिति
रोटरी क्लबमा नयाँ कार्यसमिति
असार १७ गोरखा । रोटरी क्लब अफ गोरखाको बर्ष २०२१÷२२ का लागी बिशाल राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
सचिवमा शोभा प्रधान, कोषाध्यक्ष अन्जन खत्री लगायतका अन्य पदाधिकारी छन् । पदस्थापना कार्यक्रम यही असार २० गते हुने क्लबका पब्लिक इमेज डाइरेक्टर संगम बाबु श्रेष्ठले बताए ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाइ वुधवार अभिमुखिकरण गरिएको छ । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष पवन रमण खनालले सहजिकरण गरेका थिए ।