भूकम्पको ६ बर्षपछि गोरखा दरवारको छाना छाइदै

भूकम्पको ६ बर्षपछि गोरखा दरवारको छाना छाइदै


बिहिबार, असार १७, २०७८


भूकम्पको ६ बर्षपछि गोरखा दरवारको छाना छाइदै

असार १७ गोरखा । भूकम्पको ६ बर्षपछि गोरखा दरवारको छाना छाउने काम शुरु भएको छ । दरवारको अन्तिम तलामा छाना छाउने काम थालिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको हो । ‘दरवारको बाहिरी संरचनाको काम लगभग सकिन लाग्यो,’ अड्डा प्रमुख हरि भुषालले भने, ‘अन्तिम तलामा छाना छाउने काम केही दिनमा सकिन्छ ।’ १३ जना दक्ष कालिगढबाट काम भइरहेको र असार मसान्त सम्ममा बाहिरी काम सम्पन्न हुने उनले जानकारी दिए ।

यसअघि नै पुनर्निर्माण भइसक्नुपर्ने गोरखा दरवारको हालसम्म ८५ प्रतिशत भन्दा बढी काम हुन सकेको छैन । २०७२ सालको भूकम्पले क्षति पुगेको गोरखा दरवार पुननिर्माणको काम २०७४ सालबाट शुरु भएको हो । ठेक्का सम्झौता अनुसार दुई बर्षभित्रै काम सक्नुपथ्र्याे । तर ठेकेदारको लापरवाहीले हालसम्म पनि काम सम्पन्न हुन सकेको छैन ।



तीन पटक थप भएको म्यादमा पनि काम सम्पन्न गर्न नसकेको निर्माण कम्पनीलाई पुरातत्व बिभागले कारवाही गरेको छ । कारवाही स्वरुप गत पुष १ गतेबाट लागू हुने गरी ठेक्का सम्झौता रकमको दैनिक ०.०५ प्रतिशतले जरिवाना तोकिएको बिभागका साइड सुपरभाइजर नारायण बोहराले बताए ।

दरवार पुननिर्माणका लागी करिव पाँच करोडमा पचली भैरव सिभाको जेभीसँग ठेक्का सम्झौता भएको हो । तेस्रो पटक थप भएको म्याद अनुसार जेठ मसान्तसम्ममा सक्नुपथ्र्याे । म्याद सकियो तर अझै काम सकिएको छैन । तेस्रो पटक थप भएको म्याद बारे कार्यालयलाई कुनै जानकारी नभएको गोरखा दरवार हेरचाह अड्डा प्रमुख भुषाल बताउछन् ।

बाहिरी संरचनाको काम अन्तिम चरणमा पुगेपनि दरबारको भित्री काम अझै बाँकी छ । भुइँमा प्लाष्टर गरेर तेलिया इट्टा बिछ्याउने, झ्याल ढोकाको खापा राख्ने, कोठा बिभाजन गर्ने लगायतका काम बाँकी रहेको भुषालले बताए । ‘भित्री गारोमा सुर्की चुनाको प्लाष्टर गर्ने हो, चिसोमा गर्न मिल्दैन, त्यसैले यो बर्षामा काम हुन सक्ने सम्भावना छैन,’ उनले भने । असोज महिनाबाट मात्र काम शुरु गर्न सकिने उनको भनाइ छ ।

समयमै दरवार पुननिर्माण नहुदा जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत असर परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ऐतिहासिक दरवार पुननिर्माणमा ढिलाई भएको भन्दै केही समय अघि स्थानीयले पनि बिरोध जनाएका थिए ।
कालिका मन्दिर र रंगमहल पुननिर्माण हुन सकेन

गोरखा दरवार पुननिर्माणमा भएको ढिलाइका कारण सँगै रहेको कालिका मन्दिर र रंगमहल भवन पुननिर्माण हुन सकेको छैन । भूकम्पले क्षति पुगेका उक्त संरचनाहरु प्रवलिकरण गर्ने निर्णय भएको छ । तर दरवार पुननिर्माण सम्पन्न नहुदा काम शुरु गर्न नसकिएको दरवार हेरचाह अड्डाले जनाएको छ ।

‘सामान भण्डारण गर्ने ठाउँ छैन, दरवार बनेको भए त्यहा भण्डारण गरेर कालिका मन्दिर र रंगमहलको भवन प्रवलिकरण शुरु गर्न हुन्थ्यो,’ हेरचाह अड्डा प्रमुख भुषालले भने । भूकम्पले क्षति पुगेका उक्त संरचनाहरु जगै देखि भत्काएर पुननिर्माण गर्ने वा प्रवलिकरण गर्ने भन्ने अन्योलता थियो ।

तर दरवार पुनर्निर्माणमा भएको ढिलाइका कारण प्रवलिकरण गर्ने निर्णय गरिएको भुषाल बताउछन् । ठेक्का प्रक्रिया अगाडी बढीसकेको छ । उक्त संरचनाहरु प्रवलिकरणका लागी चालु आर्थिक बर्ष ५०÷५० लाख रकम विनियोजन भएको बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda