चुमनुव्रीमा चौँरी संरक्षणको योजना
चुमनुव्रीमा चौँरी संरक्षणको योजना
असार २३, गोरखा । चुमनुव्री गाउपालिकाले चौँरी संरक्षण गरि ब्यवसायीक पशुपालनतर्फ किसानलाई आकर्षित गर्ने भएको छ । गाउपालिका आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गर्दै दुध मिसन कार्यक्रम अन्तरगत चौरी तथा भेडा संरक्षण कार्यलाई प्रोत्साहित गर्न अनुदान उपलब्ध गराउने जनाएको हो ।
आगामी आर्थिक वर्ष गाउपालिकाको वहुउपयोगी प्रशासकीय भवन निर्माण गर्ने निति तथा कार्यक्रममा उल्लेख छ । यसका लािग गाउपालिकाले संघ तथा प्रदेश सरकार सँग समन्वय गरि वजेट ब्यवस्था गर्ने गाउपालिकाले जनाएको छ । फिलिममा ब्यवस्थित हेलिकप्याड निर्माणका लागि आवश्यक प्रक्रिया अघि वढाउने, विद्युत नुपगेका ठाउँमा लघु जलविद्युत आयोजनाहरु को निर्माण गर्ने र लघु जलविद्युत पुग्न नसकेको ठाउँमा वैकल्पीक उर्जाको ब्यवस्था गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
चुमनुव्री गाउँपाकिला वडा नं. ३ मा रहेको बुद्ध माध्यामिक विद्यालयको भौतिक पुर्वाधार निर्माणमा गरी कक्षा १२ सम्म पठन पाठन सुचारु गर्नको लागि अनुमति लिने प्रक्रिया आगामी आवमा अघि वढाउने पनि गाउपालिकाले जनाएको छ । स्थानीयस्तरमा स्थानीय जडिवुटीको प्रयोद्धारा परम्परागत रुपमा उपचार गरिने आम्ची पद्धतिलाई प्रवद्र्धन गर्न आवश्यक बयवस्था मिलाउने, निर्माणाधिन वेनिघाट लार्के सडकसँग गाउपालिका केन्द ्रर सवै वडाहरुलाई जोडने गरि यातायात गुरुयोजना निर्माण गर्ने निति तथा कार्यक्रममा समेटिएको छ ।