महिला समूहलाई टपरी बनाउने मेसिन वितरण
महिला समूहलाई टपरी बनाउने मेसिन वितरण
असार २४, गोरखा । गोरखा नगरपालिका–१ को अकलादेवी महिला समूहलाई टपरी बनाउने मेसिन दिइएको छ । उपप्रमुख सवल महिला नेतृत्व बिकास कार्यक्रम अन्रगर्तत मेसिन उपलब्ध गराइएको हो ।
वुधवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठले समूहलाई मेसिन हस्तान्तरण गरेकी छिन् । टपरी बनाउने मेसिनसँगै महिला समूहलाई कुटानी पिसानीका लागी प्रयोग हुने मेसिन समेत उपलब्ध गराइएको छ । मेसिन वितरणका लागी वडाबाट बजेट विनियोजन भएको हो । वडा अध्यक्ष हिक्मत बहादुर कुँवरको अध्यक्षतामा मेसिन हस्तान्तरण कार्यक्रम भएको हो ।