आसन्न महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसको भेला
आसन्न महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसको भेला
असार २७ गोरखा । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशन लक्षित गर्दै जिल्लामा भएको नेपाल बिद्यार्थी संघका पूर्व पदाधिकारी तथा कांग्रेसका सात वटै प्रदेशका युवा नेताहरुको भेला सम्पन्न भएको छ ।
शनिवार जिल्ला सदरमुकाममा भएको भेलाले सुदृढ, बैचारिक र एकतावद्ध कांग्रेस निर्माण गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ । आसन्न महाधिवेशन सम्पन्न गर्न युवाहरुलाई सक्रियताका साथ सहभागी हुन पनि भेलाले आब्हान गरेको छ । ‘आगामी दिनमा नेपाली कांग्रेसमा युवालाई ब्यापाक रुपमा आवद्ध गराउन बैचारिक र राजनितिक कार्यक्रम तर्जुमा गरिने छ,’ भेला पश्चात जारी प्रेस बिज्ञप्तिमा भनिएको छ ।
कोभिड १९ बाट प्रताडित जनतालाई सुरक्षित राख्न सरकार असक्षम रहेको अरोप लगाउदै तत्काल सम्पूर्ण नागरिकलाई भ्याक्सिनको ब्यवस्था गर्न पनि भेलाले माग गरेको छ । बाढी, पहिरो पिडित जनताको तत्काल उचित बसोबासको ब्यवस्था सहित राहत प्रदान गर्ने ब्यवस्था मिलाउन समेत माग गरिएको छ ।