च्याउ खेतीमा रमाउँदै थापा

च्याउ खेतीमा रमाउँदै थापा


मङ्लबार, असार २९, २०७८


च्याउ खेतीमा रमाउँदै थापा

असार २९, गोरखा । दुई लाख लगानी गरेर २०७० सालबाट च्याउ खेती शुरु गरेका थिए उनले । शहिद लखन गाउँपालिका–६ घैरुङका नारायण बाबु थापा अहिले पनि च्याउ खेतीमै रमाइरहेका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारको शिखरमा करिव पाँच रोपनी जग्गा भाडामा लिएर च्याउ खेती शुरु गरेका उनले अहिले २० रोपनीमा खेती बिस्तार गरिसकेका छन् .

‘शुरुमा ५ शय मुढाबाट खेती शुरु गरेको थिए,’ उनले भने, ‘अहिले करिव २० हजार मुढा छ ।’ काठमाण्डौ र पोखरामा तालिम लिएर सिताके च्याउ खेती शुरु गरिएको उनले बताए । अघिल्ला बर्षसम्म एक्लै खेती गर्दै आएका उनले यस पटक भने सामूहिक रुपमा खेती थालेका छन् । लक्ष्मी सेभेन ग्रुप च्याउ कृषक समूह गठन गरेर खेती बिस्तार गरिएको उनले बताए ।



उक्त समूहले चालु आर्थिक बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गण्डकी प्रदेशबाट २५ लाख रकम अनुदान पाएको छ । ‘२५ लाख हाम्रो समूहको लगानी र २५ लाख प्रदेशको अनुदान हो, त्यसबाट हामीले डोम हाउस र टनेल निर्माण, बिउ खरिद लगायतका काम ग¥यौ,’ उनले भने । च्याउको बिउ पोखराबाट ल्याइएको उनले बताए ।

अहिले बिउ लगाउने काम भएको र कात्तिक÷मंसिरमा उत्पादन हुने उनले जानकारी दिए । उत्पादीत च्याउ स्थानीय बजारसँगै अन्य जिल्लामा पनि बिक्री हुने गरेको उनी बताउछन् । प्रति केजी पाँच सय भन्दा माथि मूल्य रहेको उनले बताए । ‘अहिले २० हजार बढी मुढामा गरेको खेतीबाट उत्पादन शुरु भएपछि दिनको एक लाख रकम सम्मको च्याउ उत्पादान हुने अपेक्षा गरेका छौ,’ उनले भने ।

अरु च्याउ भन्दा स्वादिलो हुने भएकाले सिताके च्याउ खेती तर्फ आकर्षण बढेको उनले बताए । सिताके सँगै अहिले कन्ये, राते र डल्ले च्याउ पनि खेती गरिएको उनले जानकारी दिए । लगानीमा समस्या रहेको उनको गुनासो छ । अनुदान प्रतिशत बढाउन उनले सरसकारसँग आग्रह पनि गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda