सुत्केरी तथा गर्भवती महिलालाई अण्डा
सुत्केरी तथा गर्भवती महिलालाई अण्डा
असार ३०, गोरखा । शहिदलखन गाँउपालिका(७ स्थित बुंकोट स्वास्थ्य चौकीमा सुत्केरी तथा गर्भवती महिलालाई अण्डा वितरण गरिएको छ ।
नेपाल सरकारको खाद्य तथा पोषण कार्यक्रमको सुनौला हजार दिन कार्यक्रम अन्तर्गत १ सय ८ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
मंगलवार एक कार्यक्रमका विच अण्डा वितरण गरिएको हो । स्वास्थ्य चौकीमा नियमित रुपमा चेक जाँच गराउने तथा वच्चा जन्माउने महिलाहरुलाई लक्षित गरि अण्डा वितरण गरिएको वडाले जनाएको छ ।