कोभिड–१९ को संक्रिय संक्रमितको संख्या २ शय २०
कोभिड–१९ को संक्रिय संक्रमितको संख्या २ शय २०
असार ३०, गोरखा । जिल्लामा हाल २ शय २० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै गोरखा नगरपालिकामा ५० र सबैभन्दा थोरै शहिद लखन गाउँपालिकामा २ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अजिरकोट गाउँपालिकामा ४२, गण्डकीमा ३०, आरुघाटमा २९, पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकामा १७÷१७ जना संक्रिय संक्रमित रहेका छन् । त्यस्तै धार्चेमा १४, बारपाक सुलिकोटमा १०, सिरानचोकमा ५ र चुमनुव्रीमा ३ जना रहेको कार्यालयले जनाएको छ । उनीहरुमध्ये अधिकांश होम आइसोलेसनमा रहेको बताइएको छ । हालसम्म जिल्लाभित्र परिक्षण गरिएका मध्ये ४ हजार २ शय ६६ जनामा कोरोना पुष्टी भएको थियो ।
कुल १५ हजार ५ शय ६८ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । उनीहरुमध्ये ४ हजार २३ जना उपचार पश्चात निको भएका छन् । संक्रमित मध्ये २४ जनाको भने मृत्यु भएको कार्यालयले जनाएको छ ।
त्यस्तै गोरखा घर भई जिल्ला बाहिर परिक्षण गराएका १ शय १६ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । उनीहरुमध्ये ९० जना उपचार पश्चात निको भएको र २५ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । एक जना उपचाररत रहेको बताइएको छ । सोमवारसम्म परिक्षणको कुनै रिपोर्ट आउन बाँकी नरहेको कार्यालयले जनाएको छ ।