थप ४१ जनामा कोरोना पुष्टी
थप ४१ जनामा कोरोना पुष्टी
साउन ४, गोरखा । जिल्लामा आइतवार एकै दिन ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । एक सय चार जनाको एन्टिजेन तथा पिसिआर परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भीमसेन थापा गाउँपालिकाका १३, गोरखा नगरपालिकाका १० र आरुघाट गाउँपालिकाका ९ जनामा कोरोना पुष्टी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै गोरखा अस्पतालमा गरिएको परिक्षणमा पनि ९ जनामा कोरोना पुष्टी भएको बताइएको छ । यो सँगै जिल्लामा संक्रिया संक्रमितको संख्या ३ शय ५२ पुगेको छ ।
संक्रिय संक्रमित मध्ये सबैभन्दा बढी आरुघाट गाउँपालिकामा ७३ र सबैभन्दा कम बारपाक सुलिकोटमा एक जना रहेका छन् । अजिरकोटमा ५६, गोरखा नगरपालिकामा ५३, गण्डकी गाउँपालिकामा ५२, शहिद लखनमा ४३ र भीमसेन थापामा २९ जना संक्रिय संक्रमित छन् ।
त्यस्तै पालुङटार नगरपालिकामा २३, धार्चे गाउँपालिकामा ११, सिरानचोकमा ७ र चुमनुव्रीमा ३ जना रहेको कार्यालयले जनाएको छ । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा रहेको बताइएको छ ।