गोरखाबाट छुट्न थाले लामो दुरीका सवारी
गोरखाबाट छुट्न थाले लामो दुरीका सवारी
असार ४, गोरखा । जिल्लाबाट लामो दुरीका सार्वजनिक सवारी चल्न थालेका छन् । आइतवार ६ वटा सवारी काठमाण्डौका लागी छुटेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दरौदी यातायात सेवा प्रालिका दुई बस तीन माइक्रो र पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिको एउटा माइक्रो यात्रु लिएर काठमाण्डौ गएको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।
गत शुक्रवार सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीहरु बिच छलफलले लामो दुरीमा यातायात संचालन गर्ने सहमित गरेको हो । जिल्लामा सेवा दिइरहेको दुई यातायात प्रालि बिच आलोपालो सवारी संचालन गर्ने सहमित भएको प्रशासन कार्यालयले जनाएको छ ।
सहमित अनुसार जिल्लाबाट दैनिक आठ वटा सवारी लामो दुरीका लागी छुट्ने छन् ।काठमाण्डौका लागी दुई वटा बस र चार वटा माइक्रो, पोरखाका लागी एउटा बस र एउटा माइक्रो र बिरगंज भैरहवाका लागी एउटा÷एउटा बस नियमित छट्ने बताइएको छ ।
‘यातायात प्रालिहरुले उहाहरुको लेटर हेडमा भोली कुन रुटमा कुन गाडी छुट्छन् भनेर अघिल्लो दिन गाडीको नम्वर र चालकको नाम सहित हामीलाई पठाउनुहुन्छ, त्यही आधारमा हामीले पास उपलब्ध गराउछौ,’ प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हर्क रोकाले भने । प्रशासनले जारी गरेको पासको आधारमा आइतवारबाट सवारी संचालन हुन थालेको उनले जानकारी दिए ।