नदी किनारमा मोवाइल र चप्पल छाडेर एक व्यक्ति वेपत्ता
नदी किनारमा मोवाइल र चप्पल छाडेर एक व्यक्ति वेपत्ता
साउन ४, गोरखा । बुढीगण्डकी नदी किनारमा मोवाइल र चप्पल छाडेर एक व्यक्ति वेपत्ता भएका छन् । आरुघाट गाउँपालिका(३ सोतीका ४५ बर्षिय भु बहादुर थापा शनिवार दिउँसो देखि वेपत्ता भएको प्रहरीले जनाएको छ ।
‘दिउँसो चार बजेतिर श्रीमतीलाई फोन गरेको रहेछ,’ एसपी शेखर खनालले भने, ‘साँझसम्म पनि घर नफर्केपछि छिमेकीलाइ लिएर खोज्न जाँदा नदी किनारमा मोवाइल र चप्पल भेटिएछ ।’
उक्त चप्पल र मोवाइल श्रीमानको हो भन्दै श्रीमतीले खोजविनका लागी प्रहरीमा निवेदन दिएको उनले बताए । वेपत्ता भएका थापाको खोजी कार्य भइरहेको एसपी खनालले जानकारी दिए ।