३७ जनामा कोरोना
३७ जनामा कोरोना
साउन ५, गोरखा । जिल्लामा सोमवार ३७ जना कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन तथा पिसिआर विधिबाट परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
सबैभन्दा बढी शहिद लखन गाउँपालिकाका १७ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए । भीमसेन थापा गाउँपालिकामा १२, आरुघाट गाउँपालिकामा ६ र अजिरकोटमा २ जनामा कोरोना पुष्टी भएको उनले जानकारी दिए । यो सँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ३ शय ४५ पुगेको छ ।