एकैदिन ७४ जनामा कोरोना पुष्टी
एकैदिन ७४ जनामा कोरोना पुष्टी
साउन १३, गोरखा । जिल्लामा मंगलवार ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १ शय २ जनाको पिसिआर परिक्षण गर्दा ५४ र ५३ जनाको एन्टिजेन परिक्षण गर्दा २० जनामा कोरोना पुष्टी भएको हो ।
सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ३० जना कोरोना संक्रमित थपिएका छन् । पालुङटार नगरपालिकाका २८, भीमसेन थापाका १३ र गोरखा नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ४ शय ५४ पुगेको छ । शहिद लखनमा ९३, आरुघाटमा ७८, पानपामा ७६, भीमसेन थापामा ६४, गोनपामा ६३, गण्डकीमा ४१, सिरानचोकमा २२, अजिरकोटमा १४, बारपाक स्ुलिकोट र धार्चेमा १÷१ जना संक्रिय संक्रमित रहेको कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए ।
उनका अनुसार पिसिआर परिक्षणका लागी स्वाव संकलन गरेर पठाएका मध्य १ शय ३४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
कोरोनाका कारण हालसम्म गोरखाका ५० जनाको मृत्यु भइसकेको छ ।
२५ जनाको जिल्लाभित्र र २५ जनाको जिल्ला बाहिर मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।