आलु खेती प्रवद्र्धनका लागी अनुदान रकम वितरण
आलु खेती प्रवद्र्धनका लागी अनुदान रकम वितरण
साउन १४, गोरखा । आलु खेती प्रवद्र्धनका लागी भन्दै कृषि ज्ञान केन्द्रले गत आर्थिक बर्ष जिल्लाका कृषक समूहलाई अनुदान रकम उपलब्ध गराएको छ । बिभिन्न स्थानीय तहका १३ वटा कृषि समूह तथा सहकारीलाई अनुदान रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
अनुदान पाउनेमा गोरखा नगरपालिका वडा नम्वर १ को उद्यमशिल कृषक समूह, तारानगर साना किसान कृषि सहकारी संस्था लिमिटेड, वडा नम्वर ४ को याङकोट कृषक समूह र वडा नम्वर १० को सृष्टि कृषक समूह रहेका छन् ।
त्यस्तै शहिद लखन गाउँपालिका वडा नम्वर ८ को ज्यादुलखोला कृषि सहकारी संस्था लिमिटेड, वडा नम्वर ६ को माझलुदी कृषि तथा पशुपंक्षी समूह र प्रगतिशिल कृषक समूहले पनि अनुदान रकम पाएको कार्यालयका प्रमुख परशुराम अधिकारीले बताए ।
उनका अनुसार पालुङटार नगरपालिका वडा नम्वर ६ का आकुरा कृषि सहकारी संस्था लिमिटेड र राधा दामोदर सखिना किसान क्लब, भीमसेन थापा गाउँपालिका वडा नम्वर ४ को सिद्धकाली कृषि फलफुल तथा माछा समूह र आरुघाट गाउँपालिका वडा नम्वर ४ को थुमी कफी उत्पादक कृषि सहकारी संस्था लिमिटेडलाइ पनि अनुदान रकम उपलब्ध गराइएको छ ।
धार्चे गाउँपालिका वडा नम्वर ४ को गुप्सीपाखा कृषक समूहले पनि अनुदान रकम पाएको छ । उनीहरुलाइ कम्तिमा १ लाख ५० हजार देखि बढीमा ३ लाख ५० हजार रकम सम्म अनुदान रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।