भारत सरकारको सहयोगमा जिल्लाका २६ हजार बढी घर पुनर्निर्माण भए
भारत सरकारको सहयोगमा जिल्लाका २६ हजार बढी घर पुनर्निर्माण भए
साउन १७, गोरखा । भारत सरकारको सहयोगमा भूकम्पले क्षति पुगेका जिल्लाका २६ हजार ७ शय ५७ घर पुनर्निर्माण भएका छन् । घरधनीलाइ सम्पन्नताको प्रमाणपत्र समेत हस्तान्तरण भइसकेको छ ।
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुननिर्माण परियोजनाको सहयोगमा आरुघाट गाँउपालिकामा १ हजार ८३६, अजिरकोटमा ९ शय ६१, धार्चेमा १ हजार ९९१, गण्डकीमा २ हजार २६७ र गोरखा नगरपालिकामा ६ हजार ६८२ घर बनिसकेको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले बताए ।
त्यस्तै पालुङटारमा ७ हजार ५१८, शहिद लखनमा २ हजार ४० र सिरानचोक गाँउपालिकामा ३ हजार ४६२ घरको पनुनिर्माण सम्पन्न भएको उनले जानकारी दिए । परियोजनाले जिल्लाका कुल २६ हजार ९१२ घर पुननिर्माणको जिम्मा पाएको थियो । घर पुननिर्माणका लागी परियोजनाले सामाजिक तथा प्राविधिक सहयोग गरेको हो ।
परियोजनाले जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकामा भूकम्पले क्षति पुगेको घर पुननिर्माणका लागी प्राविधिक एवं सामाजिक सहजिकरण गर्दै आएको हो । पुननिर्माण सम्पन्न भएका घरहरुको प्रमाणपत्र सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको बताइएको छ