मास्क नलगाई हिड्ने ८२ जना कारवाहीमा
मास्क नलगाई हिड्ने ८२ जना कारवाहीमा
साउन २६, गोरखा । मास्क नलगाई हिड्ने ८२ जनालाई प्रहरीले कारवाही गरेको छ । ६ दिनको अवधीमा ८२ जना कारवाहीमा परेको प्रहरीले जनाएको छ ।
कारवाही स्वरुप उनीहरुबाट जनही एक सय रुपैया जरिवाना असुल गरिएको डिएसपी प्रकाश दाहालले बताए । फैलिदै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भन्दै प्रहरीले यही साउन १८ गतेबाट तपाइको मास्क खै अभियान शुरु गरेको थियो । अभियान अन्तरगत पहिलो दिन सचेत गराइएको र दोस्रो दिनबाट कारवाही थालिएको डिएसपी दाहालले जानकारी दिए ।
स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउने र बिना मास्क हिड्नेलाइ कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरिने प्रहरीले चेतावनी दिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि प्रहरीले सबैलाई आग्रह गरेको छ । अन्यथा कारवाही गरिने प्रहरीले चेतावनी दिएको छ ।