करिव एक लाख गाँजाका बोट नष्ट
करिव एक लाख गाँजाका बोट नष्ट
साउन २६, गोरखा । जिल्लाको बिभिन्न ठाउँमा प्राकृतिक रुपमा उम्रिएको गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ । स्थानीयको सहयोगमा गत आर्थिक बर्ष २०७७÷७८ मा ९२ हजार ७ सय गाँजाका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोरखा नगरपालिका(३ नारेश्वरबाट मात्रै ४६ हजार २ सय गाँजाका बोटहरु नष्ट गरिएको डिएसपी प्रकाश दाहालले बताए । गण्डकी गाउँपालिकाको घ्याल्चोकबाट ४२ हजार दश, पालुङटार नगरपालिकाको पौवाटारबाट १ हजार ८५०, बारपाक सुलिकोट गाउँपालिकाको बारपाकबाट ९ सय ६०, शहिद लखन गाउँपालिकाको नाम्जुङ्गबाट ९ शय र अजिरकोट गाउँपालिका को भच्चेकबाट ७ शय ८० बोटहरु नष्ट गरिएको उनले जानकारी दिए ।
त्यस्तै चालु आर्थिक बर्ष २०७८÷७९ को साउन २५ गतेसम्म १ हजार ९३० गाँजाका बोटहरु नष्ट गरिएको प्रहरीले जनाएको छ । धेरै संख्यामा गाँजाका बोटहरु देखेमा प्रहरीको १०० नम्वरमा खवर गर्न पनि प्रहरीले जिल्लावासीलाई अनुरोध गरेको छ ।