पाँच महिनापछि दोस्रो डोज

पाँच महिनापछि दोस्रो डोज


मङ्लबार, साउन २६, २०७८


पाँच महिनापछि दोस्रो डोज
Doctor drawing up Covid-19 vaccine from glass phial bottle and filling syringe injection for vaccination. Close up of hand wearing protective disposable gloves in lab and holding a bottle of vaccination drugs. Hand with blue surgical gloves taking sars-coV-2 vaccine dose from vial with syringe: prevention and immunization concept.

साउन २६, गोरखा । कोरोना भाइरस बिरुद्ध कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकहरुले पाँच महिनापछि दोस्रो डोज पाएका छन् । सोमवार शहिद लखन गाउँपालिकाबाट दोस्रो मात्रा दिन शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत फागुन २३ देखि चैत्र २० गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ बर्ष माथिका नागरिकलाई दोस्रो मात्रा दिन शुरु गरिएको कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले बताए । डब्ल्यूएचओका अनुसार पहिलो डोज लगाएको १२ हप्तापछि दोस्रो डोज लगाउनुपर्छ ।



तर भारतले खरिद सम्झौता भएको कोभिसिल्ड को १० लाख खोप उपलब्ध नगराउँदा पाँच महिनादेखि जेष्ठ नागरिकहरु दोस्रो डोजको पर्खाइमा थिए । जापान र भुटानबाट एस्ट्राजेनेका खोप प्राप्त भएपछि जेष्ठ नागरिकलाई दोस्रो डोज दिने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखा नगरपालिकाले मंगलवार र वुधवार खोप अभियान संचालन गर्ने भएको छ ।

अभियान संचालनका लागी नगरपालिकाले खोप केन्द्र पनि निर्धारण गरिसकेको छ । ‘बाँकी पालिकामा भेरोसेल खोपको दोस्रो डोज शुरु भइरहेको छ,’ खोप कोल्डचेन निरिक्षक खत्रीले भने, त्यो सकेपछि कोभिसिल्ड लगाएकाहरु लाई दोस्रो मात्रा दिन शुरु हुन्छ ।’ कुल १५ हजार ९ सय ३९ जेष्ठ नागरिकलाई दोस्रो डोज दिने लक्ष्य रहेको उनले बताए ।

‘कोभिसिल्ड लगाएकालाई दोस्रो डोज दिएपछि भेरोसेल खोपको पहिलो डोज लगाएका ५० बर्ष माथिका नागरिकलाई दोस्रो डोज दिन्छौ, त्यसपछि ४५ बर्ष माथिका नागरिकलाइ लक्षित गरि पहिलो डोज दिन शुरु गर्छाै,’ खत्रीले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda