गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
साउन २७, गोरखा । उत्तरी गोरखाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चुमनुव्री गाउँपालिका–३ सिर्दिवास स्थित फिलिमकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको मंगलवार हेलिकप्टरबाट उद्धार गरिएको हो ।
दुई दिन देखि व्यथा लागेर सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो । जिल्ला प्रशासन कार्यालयको बिशेष पहलमा सेनाको हेलिकप्टरबाट उक्त महिलालाई काठमाण्डौ लगिएको हो । राष्टूपति महिला उत्थान कार्यक्रम अन्तर्गत विकट क्षेत्रका गर्भवतीको आपत्कालीन उद्धार हुँदै आएको छ ।