निर्वाचन क्षेत्र सडकको प्रगति की दुर्गती ?

निर्वाचन क्षेत्र सडकको प्रगति की दुर्गती ?


मङ्लबार, भदौ १, २०७८


निर्वाचन क्षेत्र सडकको प्रगति की दुर्गती ?

भदौ १, गोरखा । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तरगत जिल्लाको चार निर्वाचन क्षेत्रमा सडक कालोपत्रे सँगै स्तरोन्नतीको काम भइरहेको छ ।

निर्वाचन क्षेत्र नम्वर १ ‘क’ मा ढुङ्गागाडे भन्ज्याङ बुंकोट नाम्जुङ घैरुङ मनकामना सडकको १२ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ३२ करोड ९१ लाख लागतमा कालोपत्रे हुने उक्त सडकको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको हो । दुई बर्षमा काम सक्ने गरी २०७६ साल कात्तिक ६ गते सम्झौता भएको थियो । हालसम्म ४ किलोमिटर सडक कालोपत्रे भइरहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । कामको प्रगति ८० प्रतिशत रहेको बताइएको छ ।



निर्वाचन क्षेत्र नम्वर १ ‘ख’ मा बारपाक लाप्राक सडकको १३ किलोमिटर खण्ड स्तरोन्नतीको काम भइरहेको छ । सडक ग्राभेलका लागी एमएस शर्मा÷विविइ जेभीसँग ३४ करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । दुई बर्षमा सक्ने गरी २०७७ साल जेष्ठ ९ गते सम्झौता भएको कार्यालयका इन्जिनियर गणेश सुवेदीले बताए ।

हालसम्मको कामको प्रगति २० प्रतिशत रहेको उनले जानकारी दिए । वालुवामा रहेको दरौदी नदी माथिको पुल भत्किएपछि अहिले काम ठप्प छ । त्यस्तै निर्वाचन क्षेत्र नम्वर २ ‘क’ मा राधाकृष्ण मन्दिर कालामाटा पौवाटार बिरुवाटार मिलनचोक सलाङगिरी हटिया मझुवा सडक कालोपत्रेको काम भइरहेको छ । दश किलोमिटर सडक कालोपत्रेका लागी २०७६ साल असार १६ मा अमर कन्स्ट्रक्सन प्रालिसँग २३ करोड ३८ लाख ८७ हजार रकममा ठेक्का सम्झौता भएको हो ।

सम्झौता अनुसार दुई बर्षमा काम सक्नुपर्ने थियो । तर समयवधी सकिएपनि हालसम्म कामको ३५ प्रतिशत मात्र प्रगति रहेको कार्यालयका इन्जिनियर सुवेदी बताउछन् । हालसम्म दुई किलोमिटर सडक कालोपत्रे र ६ किलोमिटर नाला निर्माण भएको छ । ‘म्याद थपको लागी ठेकेदारले निवेदन दिएको छ, अघिल्लो लकडाउनको ६ महिना म्याद थप हुन बाँकी छ,’ सुवेदीले भने । निर्वाचन क्षेत्र नम्वर २ ‘ख’ मा ढोडेनी हुदै सिम्जुङ गगनपानी मल्ले भच्चेक अन्तरगतको १४ किलोमिटर सडक ग्राभेलको काम भइरहेको छ ।

दुई बर्षमा सक्ने गरी २०७६ कात्तिक २० गते ठेक्का सम्झौता भएको हो । कुल लागत २३ करोड ५१ लाख रहेको छ । विरुवा(नाना(गोरखा जेभीले कामको ठेक्का पाएको हो । हालसम्म कामको प्रगति ६० प्रतिशत रहेको बताइएको छ । निर्वाचन क्षेत्रका सडकमध्ये कतै कामको प्रगति सन्तोषजनक रहेको छ भने कतै अलपत्र छन् । ठेकेदारको लापरवाही र कार्यालयको वेवास्ताका कारण लापरवाही भएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda