स्वास्थ्य बिज्ञान बिभागको गण्डकी प्रदेशमा गर्ताैला
स्वास्थ्य बिज्ञान बिभागको गण्डकी प्रदेशमा गर्ताैला
भदौ २०, गोरखा । अनेरास्ववियू (क्रान्तिकारी) स्वास्थ्य बिज्ञान बिभागको गण्डकी प्रदेश कार्यकारी समितिको संयोजकमा गोरखाका बद्री गर्ताैला चयन भएका छन् ।
बिभागको केन्द्रिय बैठकले गर्ताैला संयोजक रहने गरी पाँच सदस्यीय गण्डकी प्रदेश कार्यकारी समिति गठन गरेको हो । जसको सदस्यहरुमा डा. हरि बिक्रम बोहोरा, डा. सन्देश पौडेल, दुर्गा महतरा र पुजा भेजेल रहेका छन् । बिभागको पहिलो बैठकले दुर्लभ शाहीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रिय समिति पनि गठन गरेको छ ।