कोरोना संक्रिय संक्रमितको संख्या घट्यो
कोरोना संक्रिय संक्रमितको संख्या घट्यो
भदौ २२, गोरखा । जिल्लामा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या ओरालो लाग्न थालेको छ । सोमवार साँझसम्म जिल्लामा ५१ जना मात्र संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
केही समयअघि करिव ९ सयको हाराहारीमा संक्रिय संक्रमित थिए । तर पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए । सवैभन्दा धेरै संक्रमित गोरखा नगरपालिकामा १३ जना रहेका छन् । पालुङटार नगरपालिका र धार्चे गाउँपालिकामा ११÷११ जना रहेका छन् । भीमसेन थापामा ५, सिरानचोक र आरुघाटमा ४÷४ र अजिरकोट गाउँपालिकामा ३ जना संक्रिय संक्रमित छन् । अन्य पालिकामा भने हाल संक्रमितको संख्या शुन्य रहेको छ ।
सोमवार १६ जनामा कोरोना पुष्टी भएको छ । धार्चे गाउँपालिकाको ८, पालुङटार नगरपालिकाका ७ र गोरखा अस्पतालमा परिक्षण गरेका एक जनामा कोरोना पुष्टी भएको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा २३ हजार ५८१ जनाको कोरोना परिक्षण गरिएको छ । उनीहरुमध्ये ६ हजार ४२० जनामा कोरोना पुष्टी भएको थियो । ११ हजार ४३ जनाको पिसिआर परिक्षण गर्दा ३ हजार ५३९ जना र १२ हजार ५३८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ८८१ जनामा कोरोना पुष्टी भएको कार्यालयले जनाएको छ ।