बाढीपहिरो पीडितलाई निर्माण सामग्री सहयोग
बाढीपहिरो पीडितलाई निर्माण सामग्री सहयोग
भदौ २४, गोरखा । सिरानचोक गाउँपालिका ७ का पहिरो पीडितलाई असल छिमेकी पोखरा नामक संस्थाले निर्माण सामग्री सहयोग गरेको छ । पहिरोबाट प्रभावित तीन घरधुरीलाई प्रति घरधुरी २४ थान रंगिन जस्ता, २ थान प्लेन पाता, तीन किलो छाप्ने काँटी र ४ सय किलो फलामको छड वितरण गरिएको संस्थाका बरिष्ठ योजना अनुगमन मुल्याकंन अधिकृत दिनेश केसीले बताए ।
त्यस्तै गोरखा नगरपालिका–९ का पूर्ण बहादुर सिर्मलको घर मर्मतका लागी ३२ थान रंगिन जस्ता पाता, प्लेन पाता दुई थान, चार किलो छाप्ने काटी गरी ५६ हजार रकम बराबरको निर्माण सामग्री वितरण गरिएको उनले जानकारी दिए । जनप्रतिनिधीको उपस्थितीमा उनीहरुलाइ सामाग्री वितरण गरिएको हो । संस्थाले बन्दीपुर गाउँपालिका वडा नम्वर १ र ३ का चेपाङ समुदायलाई पनि निर्माण सामग्री वितरण गरेको छ ।
संस्थाले भूकम्पपछि जिल्लाको पुननिर्माणका पनि सहयोग गर्दै आएको छ । बिशेष गरी स्वास्थ्य चौकी पुननिर्माणमा संस्थाले सहयोग गरेको थियो । आगामी दिनमा पनि थप सहयोग गर्नै प्रतिवद्धता संस्थाले गरेको छ।