कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको समावेशी प्रतिनिधित्वको माग गर्दै काग्रेस पार्टी कार्यालय अगाडी धर्ना
कांग्रेस महाधिवेशनमा मुस्लिम समुदायको समावेशी प्रतिनिधित्वको माग गर्दै काग्रेस पार्टी कार्यालय अगाडी धर्ना
भदौ २५, गोरखा । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा मुस्लिम समुदायको समावेशी प्रतिनिधित्वको माग गर्दै नेपाल मुस्लिम संघले गोरखामा धर्ना कार्यक्रम गरेको छ । संघको केन्द्रिय कार्यसमितिको समन्वयमा जिल्ला कार्यसमिति गोरखाले शुक्रवार तिनधारे स्थित कांग्रेस पार्टी कार्यालय अगाडी धर्ना दिएको हो ।
बिहान दश बजेबाट करिव दुई घण्टा धर्ना दिइएको नेपाल मुस्लिम संघ राष्ट्रिय समितिका सचिव रहमतुल्ला मियाले बताए ।
‘मुस्लिम समुदायका लागी यसअघि क्षेत्रिय र महाधिवेशन प्रतिनिधिमा छुट्याइएको कोटा हटाएर जनसंख्याको आधार बनाइ बिभिन्न समुदायको प्रतिनिधित्व कटौती गरेको छ,’ उनले भने, ‘त्यसकै बिरोधमा धर्ना कार्यक्रम गरेका हौ ।’
सबै जातजातीको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग रहेको उनले बताए । महाधिवेशनमा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मुस्लिम समुदायबाट महाविधेशन प्रतिनिधि सुनिश्चित हुनुपर्ने र सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग छ ।
कांग्रेस गोरखाका जिल्ला सचिव नन्द प्रसाद न्यौपानेले यस बिषयमा केन्द्रमा जानकारी गराउने बताए । द्रमा जानकारी गराउने बताए । ‘हामी केन्द्रमा जानकारी गराउछौ, सच्चिएर आउछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।