‘माधव नेपाल एमाले महासागरबाट दुइ लोटा पानि लिएर गए’ः गुरुङ
‘माधव नेपाल एमाले महासागरबाट दुइ लोटा पानि लिएर गए’ः गुरुङ
भदौ २९, गोरखा । माधव नेपाल प्रति लक्षित गर्दै नेकपा एमालेका केन्द्रिय सचिव पृथ्वी सुब्बा गुरुङले ‘पिलो’ निचोरिएको बताएका छन् ।
सोमबार नेकपा एमाले गोरखाले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले भने ‘अव त हाम्रो पाटी यति सफा भयो, पिलो आफै हट्यो ।’ माधव नेपाल नेतृत्वको एकिकृत समावादीलाई खहरे खोलाको सज्ञा दिदै खहरेको भेल दुइ चार दिनमा सुक्ने बताए ।
‘एमालेको महासागरबाट माधव नेपालले दुइ चार लोटा पानि निकाल्नुभयो, दिनदिनै गाग्रीका– गाग्री पानि एमालेमा थपिएको छ यसले कुनै असर गर्दैन,’ उनले भने । गत निर्वाचनमा माओवादी केन्द्र एमाले सँग निमलेको भए ६ सिट मात्र जित्ने गुरुङले दावि गरे । नेकपा एमालेको विकल्प अन्य कम्यूनिष्ट पाटि हुन नसक्ने उनले बताए ।
‘माधव नेपालको पाटि हामीसँग लडछु भन्नु हात्ती सँग भगेँरा लडछु भनेजस्तो हो,’ उनले भने,‘माधव नेपालको वृुद्धि उल्टो आयो,नदि छाडेर खहरे तिर लाग्नुभयो, दुइचार दिनमा उहाँको खहरेमा कमिला हिड्न थाल्छ ।’