कोरोनाका कारण हालसम्म ५९ जनाले ज्यान गुमाए
कोरोनाका कारण हालसम्म ५९ जनाले ज्यान गुमाए
असोज ६, गोरखा । कोभिड–१९ का कारण हालसम्म जिल्लाका ५९ जनाले ज्यान गुमाएका छन् । ३१ जनाले जिल्लाभित्र र २८ जनाले जिल्ला वाहिर उपचारको क्रममा ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाभित्रै ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै गोरखा नगरपालिका का ७ जना रहेका छन् । त्यस्तै पालुङटार नगरपालिकाका ५ जना, शहिद लखन, बारपाक र सिरानचोक गाउँपालिकाका ४÷४ जना रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । कोरोनाका कारण अजिरकोट, भीमसेन थापा र आरुघाट गाउँपालिकामा २÷२ जना र गण्डकी गाउँपालिकाका १ जनाले समेत ज्यान गुमाएका छन् ।
चुमनुव्री र धार्चे गाउँपालिकामा ज्यान गुमाउनेका संख्या शुन्य रहेको छ । कार्यालयको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा ६ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कुल २४ हजार २७ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । पिसिआर र एन्टिजेन बिधिबाट उनीहरको परिक्षण गरिएको हो । उनीहरुमध्ये ६ हजार ४१४ जना निको भएका छन् । हाल जिल्लामा ५२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
सबैभन्दा धेरै गोरखा नगरपालिका मा १९ र सबैभन्दा थोरै शहिद लखन र आरुघाट गाउँपालिकामा १÷१ जना रहेको कार्यालयले जनाएको छ । पालुङटार नगरपालिकामा १५, सिरानचोक गाउँपालिकामा ७, धार्चे गाउँपालिकामा ५, अजिरकोट र गण्डकी गाउँपालिकामा २÷२ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये चार जना कोभिड अस्पतालमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा छन् ।
मंगलवार मात्रै जिल्लामा सात जना कोरोना संक्रमित थपिएका छन् । पालुङटार नगरपालिकामा ५ र अजिरकोट गाउँपालिकामा २ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कुल १८ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।