अवैध सालको काठ बरामद
अवैध सालको काठ बरामद
असोज ७, गोरखा । अवैध रुपमा ओसार पसार भइरहेको सालको काठ प्रहरीले बरामद गरेको छ । गोरखा नगरपालिका–३ गंगटेघाटबाट मंगलवार बेलुकी साढे आठ बजे ४७ थान सालको काठको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठसँगै प्रहरीले काठ ओसार पसारमा प्रयोग भएको ग १ त ६८९५ नम्वरको ट्याक्टर, काठ काट्न प्रयोग भएको आरा दुई थान र बन्चरो दुई थान समेत बरामद गरेको छ । पेट्रोलिङ गस्तीमा गएको प्रहरी टोलीले देखेपछि काठ ओसारपसारमा संलग्न रहेकाहरु भागेका छन् । बरामद गरिएको काठ र ट्याक्टर डिभिजन वन कार्यालयलाई बुझाइएको डिएसपी प्रकाश दाहालले बताए ।