घाँटी थिचेर श्रीमानको हत्या

घाँटी थिचेर श्रीमानको हत्या


बिहिबार, अशोज ७, २०७८


घाँटी थिचेर श्रीमानको हत्या

असोज ७, गोरखा । घाँटी थिचेर श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षिया माइली कामी रहेको प्रहरीले जनाएको छ । ५६ बर्षिय श्रीमान आइत बहादुर कामीको घाटी थिचेर आफैले हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरिसकेकी छिन् ।

असोज ५ गते बिहान आइत बहादुर आफ्नै घरमा मृत अवस्थामा रहेको भन्ने खवर प्रहरीले पाएको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक प्रकाश दाहाल नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा माइलीले नै आइत बहादुरको हत्या गरेको खुल्न आएको बताइएको छ । ‘मादक पदार्थ सेवन गरी सुतिरहेको श्रीमानलाई माइलीले दुवै हातले घाँटी थिची हत्या गरेर सोही कोठामा रहेको ओड्ने कम्वलले श्रीमानको शरिर ढाकीछिन्,’ डिएसपी दाहालले भने, ‘लगातार घाँटी थिचेका कारण आइत बहादुरको मृत्यु भएको अनुसन्धानबाट खुल्न आयो अनि हामीले माइलीलाई पक्राउ ग¥यौ ।’



श्रीमानको हत्या आफैले गरेको भनी माइलीले स्वीकार समेत गरिसकेको उनले बताए । मंगलवार पक्राउ परेकी माइली बिरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

श्रीमानको किन हत्या गरिन् माइलीले ? (प्रहरीको प्रारम्भिक अनुसन्धानको आधारमा)

मृतक आइत बहादुर कामीको स्थायी ठेगाना धार्चे गाउँपालिका(२ केरौजा भएपनि २०७२ सालको भूकम्पले वस्ती जोखिममा परेपछि उनी गोरखा नगरपालिका–७ पौवाखेतमा घर बनाएर परिवारसँग बस्दै आएका थिए । उनको दुई छोरा छन् । दुवैको विवाह भइसक्यो । जेठो छोरा माछाखोलामा आफ्नै परिवारसँग बस्दै आएका छन् भने कान्छो छोरा र बुहारीसँग आइत बहादुर र उनका श्रीमती माइली कामी बस्दै आएका थिए ।

मृतक आइत बहादुर दिनहू जसो रक्सी सेवन गर्ने, श्रीमतीको चरित्रमाथि बारम्वार शंका गर्ने र श्रीमतीलाई दैनिक जसो गाली गलौज र कुटपिट गर्थे । श्रीमान श्रीमती बिच बारम्वार झगडा भइरहन्थ्यो । असोज ४ गते राती पनि रक्सी सेवन गरेर आएका आइत बहादुरले श्रीमतीलाई चोटपटक लाग्ने गरी कुटपिट समेत गरेका थिए । रातको समयमा श्रीमानले सिरानीमा खुकुरी राखी सुतेकाले आफू असुरक्षित भएको भन्दै माइलीले कान्छो छोरालाई ढोका खोल्न आग्रह गरेकी थिइन् । तर छोराले केही हुदैन त्यही सुत भन्दै वेवास्ता गरे ।

रक्सीको तालमा बारम्वार कराइरहेकाले घाँटी थिचेर हत्या गरेको माइलीले स्वीकार गरेकी छिन् । आफ्नै श्रीमानको हत्या गरेकी माइली भोलीपल्ट बिहानै उठेर आफूले काम गर्ने गोरखा बसपार्क स्थित होटल मुक्तिनाथ पुगेकी थिइन् । घरमा मान्छे जम्मा भएर बोलाए पश्चात उनी घर फर्किन् । प्रहरीको अनुसन्धानको क्रममा श्रीमानले पटक पटक चरित्र माथि शंका गरेको, दैनिक जसो रक्सी खाएर कुटपिट गरेकाले हत्या गर्न बाध्य भएको माइलीले स्वीकार गरेकी छिन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda