चुम्चेतमा हेलिबाट खाद्यान्न ढुवानी
चुम्चेतमा हेलिबाट खाद्यान्न ढुवानी
असोज १३, गोरखा । उत्तरी गोरखामा खाद्य संकट हुन नदिन हेलिकप्टर मार्फत चामल ढुवानी गरिएको छ । मंगलवार नेपाली सेनाको हेलिकप्टरबाट चुम्चेतमा १ सय १४ बोरा (३४ क्विन्टल २० केजी) चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ ।
उक्त परिमाणको चामल ढुवानीका लागी दुई फ्लाइट गरिएको कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए । ‘छेकम्पारमा पनि आजै चामल लाने भन्ने थियो,’ उनले भने, ‘तर मौसले गर्दा लान सकिएन ।’ वुधवार छेकम्पारमा चामल ढुवानी गरिने उनले जानकारी दिए । ‘हेलिकप्टर यही बसेको छ, भोली तीन टिप गरेर छेकम्पारमा चामल ढुवानी गर्छ,’ उनले भने ।
यसअघि पनि नेपाली सेनाको हेलिकप्टरले उत्तरी गोरखामा पटक पटक गरी १ सय ९९ क्विन्टल भन्दा बढी चामल ढुवानी गरिसकेको कार्यालयले जनाएको छ ।