शिक्षक हित सहकारीमा लामिछाने
शिक्षक हित सहकारीमा लामिछाने
असोज १७, गोरखा । गोरखा नगरपालिका–६ अस्पतालचोकमा रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
शनिवार भएको अधिवेशनले मेघनाथ लामिछाने अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा श्याम पाण्डे, सचिव दयाराम ढकाल र कोषाध्यक्षमा इश्वर कट्टेल रहेका छन् । सदस्यहरुमा सुष्कर ढकाल, नविन कट्टेल, मिरा गिदेल, उर्मिला बोहरा र गिता पाण्डे चयन भएका छन् ।अधिवेशनले कृष्ण प्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ । जसको सदस्यहरुमा इश्वर कुमार श्रेष्ठ र भुरमण घिमिरे रहेका छन् ।
संस्थाका अध्यक्ष शिवराम कट्टेलको अध्यक्षता तथा नेपाल राष्टिूय शिक्षक संगठनका जिल्ला अध्यक्ष राम प्रसाद अर्यालको प्रमुख अतिथ्यतामा भएको साधारण सभामा शिक्षक महासंघका सह(अध्यक्ष राजन कट्टेल, कल्पना थापा, कृष्णमान श्रेष्ठ, रमेश अधिकारी लगायतले मन्तव्य राखेका थिए । ३ सय ३६ जना सदस्य रहेको संस्थाको बार्षिक कारोवार २ करोड तीन लाख रहेको बताइएको छ । त्यस्तै सेयर पुजी ८३ लाख ६ हजार रहेको संस्थाले जनाएको छ ।