कराँतेमा गोरखालाई तीन स्वर्ण, दुई कास्य
कराँतेमा गोरखालाई तीन स्वर्ण, दुई कास्य
असोज १८, गोरखा । सिराहा जिल्लामा भएको राष्ट्रिय कराँते प्रतियोगीतामा गोरखाले तीन स्वर्ण र दुई कास्य पदक जितेको छ । पुरुष तर्फ ४० केजी तौलमा फिलेमन गुरुङ, ४५ केजी तौलमा बमिन गुरुङ र महिला तर्फ ४० केजी तौलमा अनिता घलेले स्वर्ण पदक जितेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शान्त सिं बस्न्यातले बताए ।
त्यस्तै पुरुष तर्फ ६७ केजी तौलमा सक्षम लामा र महिला तर्फ ४५ केजी तौलमा कविता घलेले कास्यपदक हात पारेका छन् । प्रतियोगीतामा पदक जित्ने खेलाडीलाइ आइतवार एक कार्यक्रममा बिच जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा प्रशिक्षक घ्याम्जो लामाले सम्मान गरेका छन् ।