जसपाको दलित मुक्ति संगठन गठन
जसपाको दलित मुक्ति संगठन गठन
असोज २०, गोरखा । जनता समाजवादी पार्टीको जिल्लामा समाजवादी दलित मुक्ति संगठन गठन भएको छ । वुधवार भएको भेलाले सुमन परियार अध्यक्ष रहेको ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा शंकर सुनार र कल्पना परियार, सचिवमा कृष्ण विक चयन भएका छन् । त्यस्तै सहसचिवमा जुना नेपाली, कोषाध्यक्षमा शोभा नेपाली सर्वसम्मत चयन भएको संगठनले जनाएको छ । भेलाले कृष्ण बहादुर परियारको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
जसको सदस्यहरुमा राजु बिक र लाल बहादुर उपरकोटी रहेका छन् । संगठनका अध्यक्ष राजु बिकको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि जसपाका गण्डकी प्रदेश सदस्य एवं संगठनका केन्द्रिय उपाध्यक्ष लाल बहादुर बिश्वकर्मा, संगठनका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष सोम नेपाली, संगठनका केन्द्रिय सदस्य आश बहादुर रोका, प्रदेश सदस्य ज्योती कोइराला, जिल्ला अध्यक्ष यान प्रसाद भट्ट, समाजवादी युवा संघका जिल्ला अध्यक्ष मन बहादुर तामाङ, महिला प्रतिनिधि गीता सिंखडा, बिद्यार्थी संगठनका सुजन गर्ताैला लगायतले मन्तव्य राखेका थिए ।