शहिद दिवसको अवसरमा दिप प्रज्वलन
शहिद दिवसको अवसरमा दिप प्रज्वलन
शहिद दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । लियो क्लब अफ गोरखाले आइतवार साँझ हरमटारी चोकमा दिप प्रज्वलन गरेको हो । विगत बर्षहरु जस्तै यसबर्ष पनि शहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको क्लबका सचिव मोहन श्रेष्ठले बताए ।
कार्यक्रममा लायन्स क्लव अफ गोरखाका सचिव अयोध्या जोशी, लियो क्लवका अध्यक्षसुमन बावु श्रेष्ठ, प्रथम उपाध्यक्ष बालकृष्ण परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।