२७ संक्रमित थपिए, ६७ निको भए
२७ संक्रमित थपिए, ६७ निको भए
माघ १८, गोरखा । जिल्लामा सोमवार थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४४ जनाको एन्टिजेन परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित मध्ये आरुघाट गाउँपालिकाका १६, गण्डकी गाउँपालिकाका ४, गोरखा अस्पतालमा परिक्षण गराएका ४, पालुङटार नगरपालिका का २ र गोरखा नगरपालिकाका एक जना रहेका छन् । यो सँगै जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७१ पुगेको छ । त्यस्तै सोमवार ६७ जना कोरोना संक्रमित निको भएका छन् । संक्रमित संख्या भन्दा निको हुनेको संख्या दोव्वरले बढी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।