कोरोना संक्रिय संक्रमित संख्या घट्यो
कोरोना संक्रिय संक्रमित संख्या घट्यो
माघ २०, गोरखा । जिल्लामा कोरोना भाइरसको संक्रिय संक्रमित संख्या घटेको छ । सोमवारको तुलनामा मंगलवार संक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सोमवार जिल्लामा १ सय ७१ संक्रिय संक्रमित थिए ।
मंगलवार उक्त संख्या घटेर १ सय ६० पुगेको छ । सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ४१ र सबैभन्दा कम शहिद लखन गाउँपालिकामा २ जना रहेका छन् । गोरखा नगरपालिकामा ३६, पालुङटार नगरपालिकामा २४, अजिरकोट गाउँपालिकामा २० र भीमसेन थापा गाउँपालिकामा १९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै गण्डकी गाउँपालिकामा ७, बारपाक सुलिकोटमा ६, सिरानचोकमा ५ जना रहेका छन् । धार्चे र चुमनुव्री गाउँपालिकामा भने संक्रिय संक्रमित संख्या शुन्य रहेको छ ।
मंगलवार जिल्लामा १५ जना कोरोना संक्रमित थपिएका छन् । ५० जनाको एन्टिजेन परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । त्यस्तै २६ जना संक्रमित निको भएका छन् । कोरोनाको तेस्रो लहर शुरु भएयता जिल्लामा ६ सय १० जनामा संक्रमण पुष्टी भइसकेको छ । यो पुष १ गतेदेखि हालसम्मको तथ्याङ्क हो । कुल संक्रमितमध्ये ४ सय ४८ जना निको भइसकेका छन् भने दुई जनाको मृत्यु भएको छ ।