आठ स्थानीय तह कोरोनामुक्त
आठ स्थानीय तह कोरोनामुक्त
फागुन ५,गोरखा । जिल्लाका आठ स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । गोरखा नगरपालिका, आरुघाट र भीमसेन थापा गाउँपालिका बाहेक अन्य स्थानीय तहमा कोरोना संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल जिल्लामा चार जना मात्र सक्रिय संक्रमित छन् । गोरखा नगरपालिकामा दुई, आरुघाट र भीमसेन थापामा १÷१ जना संक्रमित छन् । कोरोनाको तेस्रो लहर शुरु भएयता जिल्लामा ६ सय ८६ जनामा संक्रमण पुष्टी भइसकेको छ ।
कुल १ हजार ४ सय ७० जनाको परिक्षण गरिएको थियो । संक्रमितमध्ये ६ सय ८० जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।