कोरोनामुक्त बन्यो गोरखा
कोरोनामुक्त बन्यो गोरखा
फागुन १९,गोरखा । गोरखा जिल्ला कोरोनामुक्त भएको छ । स्वास्थ्य कार्यालयको वुधवारको तथ्याङ्क अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । बाँकी रहेका एक जना संक्रमित पनि निको भएसँगै जिल्ला कोरोनामुक्त बनेको हो ।
कोरोनाको तेस्रो लहर शुरु भएयता (२०७८ पौष १ गतेदेखि हालसम्म) ६ सय ८८ जनामा संक्रमण पुष्टी भएको थियो । कुल १ हजार ४ सय ७७ जनाको पिसिआर र एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । १ हजार ४३३ जनाको एन्टिजेन र ४४ जनाको पिसिआर विधिबाट परिक्षण भएको कार्यालयले जनाएको छ । संक्रमितमध्ये ६ सय ८६ जना निको भएका हुन् भने दुई जनाको मृत्यु भएको हो ।
कार्यालयका अनुसार तेस्रो लहर शुरु भएयता जिल्लामा संक्रमणको दर ४६.५८ प्रतिशत रहेको छ । निको हुने दर ९९.७१ रहेको छ भने मृत्युदर ०.२९ रहेको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै संक्रमित गोरखा नगरपालिकामा २ सय ६७ र सबैभन्दा कम धार्चे गाउँपालिकामा ११ जना रहेका थिए ।
आरुघाट गाउँपालिकामा १ सय १, पालुङटार नगरपालिकामा ७३, भीमसेन थापा गाउँपालिकामा ५८, सिरानचोकमा ४६, अजिरकोटमा ३९, शहिद लखनमा ३१, चुमनुव्रीमा २७, बारपाक सुलिकोटमा १७ र गण्डकी गाउँपालिकामा १६ जना संक्रमित भएका थिए । गोरखा र पालुङटार नगरपालिकाका एक÷एक जना संक्रमितको मृत्यु भएको र बाँकी सबै निको भएको कार्यालयले जनाएको छ ।
कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका ८ हजार ७३ जनामा कोरोना पुष्टी भएको थियो । उनीहरुमध्ये ८ हजार ३७ निको भए भने ३६ जनाको मृत्यु भएको थियो ।