आरुघाटमा कांग्रेसको चुनाव लक्षित कार्यक्रम
आरुघाटमा कांग्रेसको चुनाव लक्षित कार्यक्रम
फागुन ३०,गोरखा । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस गोरखाले आरुघाट गाउँपालिकामा कार्यक्रम गरेको छ ।
‘घर घर जाऊँ, नेपाली कांग्रेसलाई जिताउ’ भन्ने अभियानका साथ आइतवार कार्यक्रम गरिएको हो ।
नेपाली कांग्रेस गोरखाको आयोजना तथा क्षेत्र नम्वर १ को समन्वयमा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, कमला पन्त, नानु बास्तोला, पार्टी जिल्ला सभापति नन्द प्रसाद न्यौपाने, उपसभापति धिरन थापा, सचिव कृष्ण बहादुर आले, क्षेत्र नम्वर १ का पार्टी सभापति नारायण लामिछाने, क्षेत्र नम्वर २ का पार्टी सभापति गोविन्द गुरुङ, प्रदेश सदस्य पूर्ण बहादुर दाहाल, आरुघाट गाउँपालिका पाटी सभापति राजु गुरुङ, क्षेत्र नम्वर १ प्रदेश ख सभापति ठाकुर भट्ट लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै पार्टी जिल्ला सभापति न्यौपानेले गाउँगाउँमा पुग्न पार्टीका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । कार्यक्रमकै अवसर पारेर सामाजिक अभियन्ता सुमन कार्कीले मृगौला पीडित खेम रानालाई आर्थिक सहयोग गरेका छन् । आरुघाट गाउँपालिका–४ का ३७ बर्षिय रानाको उपचारका लागी आर्थिक सहयोग गरिएको कार्कीले बताएका छन् ।
उनले २७ हजार ३ सय रकम सहयोग गरेका हुन् । कार्यक्रमकै बिच कांग्रेसका पार्टी सभापति न्यौपानेले पीडितका आमा एक कुमारी रानालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।