मस्र्याङ्दी करिडोर प्रशारण लाइनका जग्गाको मुआब्जा तोकियो

मस्र्याङ्दी करिडोर प्रशारण लाइनका जग्गाको मुआब्जा तोकियो


सोमवार, फाल्गुन ३०, २०७८


मस्र्याङ्दी करिडोर प्रशारण लाइनका जग्गाको मुआब्जा तोकियो

फागुन ३०,गोरखा । मस्र्याङदी करिडोर २२० केभी प्रशारण लाइन आयोजनाले गोरखा तर्फ अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाएको छ । लाइन बिस्तारका लागी हाइटेन्सन टावर राखिने जग्गाको आइतवार मुआब्जा निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समिति बैठकले प्रति रोपनी न्यूनतम ९ देखि अधिकतम ४० लाख रकमसम्म मुआब्जा निर्धारण गरेको छ ।

मालपोतको दररेट, चलनचल्ती, बैंक तथा वित्तिय संस्थाको लगानी, सडक सञ्जाल लगायतका मापदण्डलाई आधार मानिएको मुआब्जा निर्धारण समिति संयोजक एवं प्रजिअ आचार्यले बताए । ‘मुख्यतया जग्गा प्राप्ती ऐन २०३४ लाई टेकेर मुआब्जा निर्धारण गरेका हौ,’ उनले भने, ‘माथि भनिएका कुराहरुलाई पनि आधार बनाएका थियौ ।’ अब मुआब्जा वितरणको काम अघि बढ्ने आयोजनाले जनाएको छ ।



‘आज मुआब्जा निर्धारण भयो,’ आयोजना प्रमुख चिरन्तन बिक्रम राणले भने, ‘अव प्रभावित जग्गाधनीहरुसँग वडा कार्यालय मार्फत आवश्यक कागजपत्र संकलन गर्छाै, अनि मुआब्जा बाड्छौ ।’ टावर राख्नका लागी गोरखा तर्फ २९ रोपनी जग्गा अधिग्रहण भएको छ । ६३ वटा टावर राखिने छन् । पालुङटार नगरपालिका वडा नम्वर ३ देखि ८ र गोरखा नगरपालिका वडा नम्वर १४ को क्षेत्रमा टावर राखिने आयोजनाले जनाएको छ ।

दश वटा टावर राख्ने जग्गामा विवाद रहेको र जग्गाधनीसँग आवश्यक छलफल गरेर मिलाउने प्रयास भइरहेको आयोजना प्रमुख राणाले जानकारी दिए । लाइन बिस्तारका लागी टाँगिने तारमुनी पर्ने जग्गाको मुआब्जा पनि छिट्टै निर्धारण हुने उनले बताए । हाइटेन्सन टावर बन्ने जग्गाको मुआब्जा जति छ त्यसको करिव २० प्रतिशत मुआब्जा तार मुनी पर्ने जग्गाले पाउने गरी व्यवस्था गर्छाै,’ उनले भने ।

मस्र्याङदी करिडोरका नदीमा उत्पादन हुने बिद्युतलाई लम्जुङ्गको उदिपुरबाट तनहूँको मार्किचोक हुदै भरतपुर लैजाने लक्ष्यका साथ यो खण्डमा काम भइरहेको आयोजना प्रमुख राणाले बताए । ‘आयोजना अन्तरगत कुल १ सय १२ किलोमिटर लाइन बिस्तार हुन्छ, त्यसलाई दुई खण्डमा बिभाजन गरेर काम गरिरहेका छौ,’ उनले भने । लम्जुङको उदीपुरबाट मार्किचोक हुदै भरतपुरसम्म ६७ किलोमिटर एक खण्ड र मनाङको धारापानीबाट लम्जुङको खुदी हुदै उदीपुरसम्म ४५ किमी अर्काे खण्ड रहेको उनले जानकारी दिए ।

लाइन विस्तारका लागी उदीपुर, भरतपुर, खुदी र धारापानीमा उच्च प्रविधीको सव स्टेशन निर्माण भइरहेको छ । मस्र्याङदी र यसका सहायक नदीहरुमा उत्पादन हुने बिद्युतलाई एकीकृत गरेर २२० केभी प्रशारणको लाइन बिस्तार गर्न लागिएको आयोजनाले जनाएको छ । २०७२ सालबाट शुरु भएको आयोजना निर्माणको हालसम्म सव स्टेशन निर्माण तर्फ ७० र लाइन बिस्तार तर्फ ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda