लियो क्लव अफ गोरखाको अध्यक्षमा वालकृष्ण परियार
लियो क्लव अफ गोरखाको अध्यक्षमा वालकृष्ण परियार
लियो क्लव अफ गोरखाको २०२२।०२३ को अध्यक्षमा वालकृष्ण परियार चयन भएका छन् । शनिवार लायन्स क्लव अफ गोरखाको सभाहलमा सम्पन्न भएको अधिवेशनबाट परियार अध्यक्षमा चयन भएका हुन् ।
समितिको प्रथम उपाध्यक्षमा अनुका आलेमगर, द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ सचिवमा मिलन उपरकोटी, सहसचिवमा अस्मीता उपरकोटी र कोषाध्यक्षमा राज गुरुङ चयन भएका छन् ।
त्यस्तै, पि आर ओ मा सुमिना मगर, सचेतकमा प्रविन उपरकोटी, व्यवस्थापकमा समिर तामाङ र प्रमुख कार्यक्रम संयाजकमा व्लेशन वयलकोटी चयन भएका छन् ।
क्लवका वर्ष २०२१।२२ का अध्यक्ष सुमनबावु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष यम वहादुर बसेल, डाइरेक्टर विदुर वल्लब भट्टराई, निवर्तमान अध्यक्ष गंगा श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।