आत्मसमिक्षा गर्दै जनताको जाऔँ ः प्रचण्ड
आत्मसमिक्षा गर्दै जनताको जाऔँ ः प्रचण्ड
चैत १३,गोरखा । जनयुद्ध र आन्दोलनको उपलब्धी उल्टाउने षडयन्त्र भइरहेको नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शनिबार बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उनले संविधान उल्टाउने खेल भित्र–भित्र भइरहेको बताए । आन्दोलनको उपलब्धी रक्षाको लागि आगामी निर्वाचन माओवादीले जित्नुपर्ने उनले बताए ।
‘जहा माओवादी विजयी भएको छ, त्यहा जनताको सेवा इमान्दारिता पुर्वक भएको छ, अरुले जितेको ठाउमा संघीयता प्रति इमान्दारिता गरेका छैनन्, धोका दिएका छन्,’ उनले भने,‘स्थानीय सरकारो अवधारणा मुख्य त माओवादी केन्द्रको अवधारणा हो, आगामी हामीले निर्वाचन जित्नैपर्ने छ, अरुले जित्दा, हार्दा खासै फरक पर्दैन, माओवादीले हार्दा गणतन्त्र हार्छ, विभिन्न वर्ग समुदायको हक अधिकार खोसिन्छ, त्यसैले अवको चुनाव लडाइँ हो, हामीले जित्नै पर्ने छ ।’ जनयुद्धका घाइते अपाङ्गहरु, शहिदको सपना पुरा गर्न पनि माओवादी केन्द्रले स्थानीय तहको चुनाव जित्नुपर्ने उनले बताए ।
विगतको स्थानीय तहको निर्वाचनमा केहि कमजोरी भएको उनले बताए । ‘गोरखाका साथीहरुले पनि धेरैजसो पालिकामा जितेर देखाउछौ भनेर विश्वास दिलाउनुभएको थियो, परिणाम त्यस्तो आएन, हाम्रा पनि केहि कमजोरी भयो,’ उनले भने,‘अव आत्मसमिक्षा गरेर माफ माग्दै जनताकोमा जाने, मन जित्ने, शहिद परिवार, वेपक्ता परिवार जनताको घर–घरमा पुगेर माफी मायाँै भने मलाई विश्वास छ, एक डेड महिना मेहनत गर्दा देशको निर्वाचन प्रक्रिया माओवादीको पक्षमा ल्याउन सकिन्छ ।’
आत्मसमिक्षक वनेर निर्वाचनमा होमिन उनले कार्यकर्तालाई निर्देशन दिए । कमीकमजोरी नदो¥याउने प्रतिवद्धता गर्नुपर्ने उनले बताए ।
‘विगतको चुनाव किन जितेनौ समिक्षा गरेर जनताको मन जित्नै पर्छ,’ उनले भने । परिवर्तनको उपलब्धी जाली फटाहाले उल्टाउन खोजेको उनले आरोप लगाए । एमसिसि पास गर्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाचिने गरि हल गरेको उनले बताए ।
‘एमसिसिलाई देखाएर गठवन्धन भत्काउने षडयन्त्र थियो, अर्को गठवन्धन वनाएर माओवादीलाई हराउने षडयन्त्र अनेक वुद्धि लगाएर त्यो सपना चकनाचुर पारियो,’ उनले भने ।