मनकामनामा कोसेली घर
मनकामनामा कोसेली घर
ग्रामिण महिलाहरुलाई उद्यममा प्रोत्साहन गरी स्वरोजगार सिर्जना गर्ने उदेश्य
चैत १५,गोरखा । उद्यमीको संख्या वढाउँदै स्थानीय कृषि उपजको विक्रिमा सघाउन मनकामनाका महिला सक्रिय वनेका छन् । शहिद लखन गाउँपालिका–३ मनकामना वजारमा सात जना महिलाले संचालन गरेको कोसेली घर स्थानीय स्तरमा उत्पादित कृषि उपज विक्रिमा सहयोगी वनेको छ । कोसेली घरबाट स्थानीय स्तरमा उत्पादन भएको गुन्द्रुक, मकैको च्याङ्खला, लेकाली सिस्नोको धुलो, वनको अमलाबाट वनेको तितौरा तथा २५ भन्दा वढी प्रकारका आचार, मस्यौरा, फाँपर लगायतका उत्पादित कृषि उपज विक्रि हुन्छ ।
महिला उद्यमीको संख्या वढाउदै स्थानीय कृषि उपजको प्रसोधन गरि विक्रिमा सघाउने उदेश्य रहेको कोसेली घरकी संचालक शर्मिला श्रेष्ठले बताइन् । ‘हामी सात जना दिदिवहिनी मिलेर नै कोसेली घर संचालनमा ल्याएका हौँ,’ उनले भनिन्,‘गाउँमा उत्पादन भएको सामाग्री वजारीकरणमा त सघाएको छ, हामीले महिलाहरुलाई उद्यमी वन्न तालिम पनि प्रदान गरेका छौँ ।’ मौरी पालन, फुलको नर्सरी तथा अचार वनाउनका लागि स्थानीय महिलालाई तालिम पनि दिएको उनले बताइन् ।
सिलिङ, केउरपानी, भार्तेचौर वेतेनी लगायतका गाउँमा उत्पादन भएको कृषि उपज संकलन गरेर प्रशोधन र व्रान्डिङ गरिएको उनले बताइन् । ग्रामिण महिलाहरुलाई विभिन्न उद्यमहरुमा प्रोत्साहन गरी पारिवारीक स्वरोजगारी सिर्जना गर्ने तथा आत्मनिर्भर समाज निर्माणमा योगदान पु¥याउने उदेश्य रहेको संचालक मध्येकी निर्मला श्रेष्ठले बताइन् ।
कोसेली घरलाई सहमति तथा लुथरन वल्ड रिलिफ र शहिद लखन गाउपालिकाले पनि प्रवद्र्धनात्मक सहयोग गर्दै आएका छन् । मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुले फर्कदा मनकामनाको चिनो या कोसेलीको रुपमा लिएर जान सक्ने प्रशोधित खाद्य वस्तुको विकास गर्ने लक्ष्य रहेको छ ।
सवै उद्यमीलाई विषयत उत्पादन समुहमा आवद्ध गराइ उद्यमीको आत्मविश्वास बढाउन हरेक महिना कम्तीमा २ वटा उद्यमीसमुहसँग र उद्यमीसँग कोसेली घर अन्तक्रिया कार्यक्रम पनि संचालन भएको छ । गाउँमा महिलाहरुलाई उद्यमी समुहमा आवद्ध गरी भएको उत्पादन किनिदिने ब्यवस्था गर्ने र जसको कारणले महिलाहरुको आयस्तर वढी स्वरोजगार सिर्जना हुने अपेक्षा लिइएको छ ।