धार्चेलाई कोभिड १९ विरुद्धको पुर्ण खोप शुनिश्चितता घोषणा
धार्चेलाई कोभिड १९ विरुद्धको पुर्ण खोप शुनिश्चितता घोषणा
चैत १६,गोरखा । धार्चे गाउँपालिका कोभिड १९ विरुद्धको पुर्ण खोप शुनिश्चितता घोषणा भएको छ । गाउपालिकाका १० हजार पाच सय ५७ जनालाई कोभिड १९ विरुद्धको खोप लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समुहका १५ सय २६ ले दोस्रो मात्रा र १४सय ६८ ले पहिलो मात्राको खोप लगाएसगै कोभिड १९ विरुद्धको पुर्ण खोप शुनिश्चितता घोषणा भएको हो ।
धार्चे गाउँपालिकालाई गोरखा जिल्लाको पहिलो र गण्डकी प्रदेशकै दोस्रो पुर्ण खोप शुनिश्चतता घोषणा गर्ने गाउँपालिका वनेको छ । गाउँपालिकाका लक्षित समुदाय, लार्के सडक निर्माण कार्यदलका सेना, प्रहरी, विकास निर्माणमा संलग्न कामदार लगायतका गाउपालिका क्षेत्रका वसोवास गर्ने सवै स्थानीयलाई पुर्ण खोप लगाइएको धार्चे गाउपालिकाका स्वास्थ्य शाखा संयोजक अमृत वहादुर घलेले बताए ।
घरमै पुगेर सवै स्थानीयले खोप पाएको शुनिश्चीतता पछि कोभिड विरुद्धको पुर्ण खोप शुनिश्चितता घोषणा भएको स्वास्थ्य कार्यलयकी प्रमुख विद्या तामाङले बताइन् । ‘स्वास्थ्यकर्मीले प्रत्येक घरमा पुगेर खोप कार्ड हेरेर सवैले खोप पाएको शुनिश्चित गर्नुभयो,’उनले भनिन् ‘जिल्ला कोभिड समन्वय समितिले खोप पाएको शुनिश्चितता गरेपछि घोषणा भएको हो ।’
गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार खनाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङ, धार्चे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुल वहादुर आले लगायतले मन्तब्य राखेका थिए ।