राप्रपा नेपालको पदाधिकारी चयन
राप्रपा नेपालको पदाधिकारी चयन
चैत १७,गोरखा । राप्रपा नेपालले पदाधिकारी चयन गरेको छ । वुधबार जिल्ला अध्यक्ष कुल वहादुर वस्नेतको अध्यक्षतामा वसेको वैठकले जिल्लाको बरिष्ठ नेतामा मान वहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष हरेराम अर्याल, उपाध्यक्ष हुक्क वहादुर श्रेष्ठ, ढाका प्रसाद कँडेल र यम वहादुर रानालाई चयन गरेको हो । त्यस्तै वैठकले केन्द्रिय पदाधिकारीहरुलाई स्वागत तथा सम्मान पनि गरेको छ ।
राप्रापाका केन्द्रिय सल्लाहाकार विष्णु प्रसाद पोखरेल, केन्द्रिय सहमहामन्त्री महेश्वर रोका, केन्द्रिय सहायक महामन्त्री हिक्मतजंग भण्डारी, केन्द्रिय सदस्य शंकरराज अधिकारी, पुर्ण वहादुर गान्धारी, केन्द्रिय सदस्य तथा स्थानीय निर्वाचन परिचालन समिति सदस्य सचिव उज्वल पोखरेल, केन्द्रिय सदस्य तथा राष्टिय युवा मोर्चा नेपालका सहअध्यक्ष गृष्म विक्रम मल्ल, केन्द्रिय सदस्य एवं राष्टिय युवा मोर्चा नेपालका प्रवक्ता रोहिना देवकोटा, केन्द्रिय सदस्य आनन्द रिसाल, राप्रपा नेपाल लमजुङका अध्यक्ष मोदिना खातुन, केन्द्रिय युवा संगठनका सदस्य कृष्ण श्रेष्ठलाई स्वागत तथा सम्मान गरिएको हो ।
त्यस्तै आसन्न थानीय तह निर्वाचनका लागि वैशाख ५ गते सम्म उमेदवारहरुको नामावली केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालयमा पठाउने निर्णय गरेको छ ।