गोरखा नगरपालिका कोभिड खोप शुनिश्चितता घोषणा
गोरखा नगरपालिका कोभिड खोप शुनिश्चितता घोषणा
चैत २०,गोरखा । गोरखा नगरपालिकालाई कोभिड–१९ विरुद्धको पुर्ण खोप शुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमका विच नगरपालिकालाई पुर्ण खोप शुनिश्चितता घोषणा गरिएको हो ।
नगर क्षेत्रमा वसोवास गर्ने १८ वर्ष माथिका ३६ हजार ६ सय ५४ र १२–१७ उमेर समुहका पाच हजार चार सय ९९ले पुर्ण खोप पाएपछि पुर्णखोप शुनिश्चितता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए । नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी तथा अन्य ठाउँबाट पनि गोरखा नगरपालिकामा वसोवास गर्ने सवैलाई खोप लगाइएको छ ।
‘फागुन अन्तिसाताबाट चैत पहिलो हप्ता भित्र खोप लगाएको नलगाएको सर्वेक्षणको लागि घरदैलोमा पुगेका थियौँ, सो क्रममा ५ सय ३९ जना छुटेको पाइयो,’ रेग्मीले भने,‘छुट भएकाहरुलाई पनि जन्सन खोप लगाएर पुर्ण खोप शुनिश्चितता घोषणा गरेका हौँ ।’ जिल्ला खोप समन्वय समितिबाट नगररक्षेत्रका सवैले खोप लगाएको सुनिश्चित प्रमाणि भएपछि पुर्ण खोप शुनिश्चितता घोषणा भएको हो ।
गोरखा नगरपालिकाका नगर प्रमुख राजन राज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, प्रमुख जिल्ला अधिकारी शंकरही आचार्य, नगरउपप्रमुख विनाकुमारी श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।